🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बेलायतमा ओमिक्रोन संक्रमित अस्पताल पुग्न थाले

काठमाडौं, २७ मंसिर : बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बिरामी परेकाहरु अस्पताल आउन सुरु भएका जनाइएको छ । 

बेलायती शिक्षा मन्त्री नदिम जहावीले लण्डनमा कोरोना संक्रमणका केसहरुमध्ये एक तिहाई नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित भएको बताए । 

उनका अनुसार डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन कयौं गुणा बढी संक्रामक छ । उनले मानिसहरुलाई कोरोना खोपको दुई डोज पर्याप्त नभएको भन्दै बुस्टर डोज लिन सक्नेका लागि लिन अपिल गरेका छन् । 

जहावीले एक अन्तर्वार्ताका क्रममा बीबीसीसँग महामारीपछि स्थिति सामान्य हुने दिशा तर्फ गइरहेको भए पनि नयाँ भेरियन्टले रुकावटको अवस्था बनेको बताए । 

उनले जनवरीमा स्कुल खोल्नका लागि पूरै कोशिश गरिएको भए पनि सुरक्षा पहिलो प्राथिमकतामा भएको बताए । 
बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीका प्रमुख मेडिकल सलाहकार डा सुजैन हपकिन्सले अस्पतालमा ओमिक्रोन संक्रमितको संख्या बढिरहेको आशंका गरे । 

अहिलेसम्म अस्पतालमा जो पुगिरहेका छन् उनीहरु ओमिक्रोनका कारण संक्रमित भएर पुगे वा अन्य कारणले भन्ने पूर्ण रुपमा स्पष्ट नभएको उनको भनाइ छ । 

उनका अनुसार बेलायतमा अहिलेसम्म ओमिक्रोनका कारण कसैको मृत्यु भने भएको छैन ।

एजेन्सी