🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राप्रपा महाधिवेशन: अझै टुंगिएनन् प्रतिनिधि  

काठमाडौं । राप्रपा महाधिवेशन प्रतिनिधिको अझै टुंगो लागिसकेको छैन । काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट एकताको महाधिवेशन सुरू भइसक्दा पनि महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छैन । 

महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने प्रयास भइरहेको छ । ‘महाधिवेशन प्रतिनिधिको टुंगो लगाउन शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधि छलफलमा बसेका छन्’, राप्रपा नेता सुजित केसीले भने, ‘महाधिवेशन प्रतिनिधिमाथि अहिले छानबिन भइरहेको छ । शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधिहरू छलफलमा छन् ।’ 

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी अध्यक्षको दौडबाट हटिसकेका छन् । लोहनीले लिङ्देनलाई समर्थन गर्दा जबरा तटस्थ बसेका छन् ।