🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कमला नदीमा भूतमेला : धामीझाँक्रीको घुइँचो

सिरहा, ३ मंसिर । कात्तिक पूर्णिमामा कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ धामीझाँक्री हातमा बलेको आगोसहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै यहाँ आउने गर्छन् ।

सूर्योदयसँगै एकाबिहानै हजारौँ नवधामीझाँक्री कमला नदीको पवित्र जलमा डुबुल्की लगाई गुरुहरूद्वारा शपथ लिने काम सम्पन्न भएको छ । बिहीबार रातिबाटै  कमलानदी कनारमा भगत (देउता) खेल्नेको घुइँचो लागेको थियो । प्रत्येक भगतासँग रहेका २० देखि २५ को समूह भगतै (भगता) लाई प्रश्न गर्ने गीत गाउने गर्दछन् ।

‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ यस्तै यस्तै आ–आफनो इष्ट देवताको हरुको नाम फलाक्दै धामीझाँक्री मिर्दङ (मादल),  झ्याली, ढोलपिपही जस्ता बाजाको तादमा भक्त  कर्कश स्वर उत्पन्न गर्दै कमला नदीमा सपथ ग्रहण गर्न आएको झाँक्री  झवु गोईतले बताए । उनले सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको आजको दिन घुईँचो लाग्ने गरेको बताए ।

आफ्नो शरीरमा वास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री कमला नदीको पवित्रजलमा स्नान गरी सपथका लागि आएका हुन् । कमला नदीमा आएर सपथ लिए पश्चात नवधामीझाक्री पाको हुने झाँक्री जगरनाथ साहले बताए ।

सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी लगायत भारतका दर्जनौ गाउँबाट लावालस्करका साथ काम्दै उफ्रदै घण्टौँघण्टाको बाटो पैदल गएर स्थान र तन्त्रमन्त्र गरेको दृश्य हेर्दा यस क्षेत्रका बासिन्दा रमाएका छन् ।