🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फ्रान्सको राष्ट्रपति कार्यलयमा महिला सैनिकमाथि भएको बलात्कारको अनुसन्धान सुरू

पेरिस। फ्रान्समा राष्ट्रपति कार्यलयमा एक महिला सैनिकमाथि भएको बलात्कारबारे अनुसन्धान सुरू भएको छ । राष्ट्रपति कार्यलयमा आयोजित मदिरापान कार्यक्रममा एक महिला सैनिकले आफूमाथि याैन दुर्व्यबहार भएको बताएकी थिइन् । बलात्कार गर्ने व्यक्ति पनि सैनिक नै रहेको जनाइएको छ । 

एक वरिष्ठ सैनिक अधिकारीको बिदाई कार्यक्रममा आफ्नै सहकर्मीले बलात्कार गरेका थिए । कार्यक्रममा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रो पनि सहभागी थिए । जुलाई १ मा आयोजित कार्यक्रममा राष्ट्रपति म्याँक्रोले आफ्नो भनाई राखेर  निस्कएपछि मदिरापानको कार्यक्रम चलेको थियो । कार्यक्रममा एक पुरुष सहकर्मीले बलात्कार गरेको ती महिला सैनिकको भनाई छ । घटना भएको भोलिपल्ट उनले प्रहरीमा उजुरी दिएकी थिइन् । 

आरोपित व्यक्तिमाथि छानविन भएको छ । तर, उनीबिरुद्ध मुद्दा भने चलाइएको छैन् । आफ्नै सहकर्मीले महिला सैनिक बलात्कार गरेको विवरण शुक्रबार मात्र सार्वजनिक भएको थियो । पीडित महिला र आरोपित व्यक्ति दुबै जना राष्ट्रपति भवनको सुरक्षा अधिकारीको कार्यालयका कर्मचारी हुन् । उनीहरूबीच लामो चिनजान थियो । 

फ्रान्सेली कानुनअनुसार सहमतिमा यौन सम्बन्ध राख्न १५ वर्ष पूरा हुनुपर्छ । फ्रान्समा पछिल्लो समयमा यौन दुर्व्यबहारका घटना बढेका छन् । एजेन्सी