🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गृह जिल्ला पुगेर भीम रावलले गरे एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा

अछाम, २३ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले २०७८ मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन् ।

एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै डा. रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गरेका हुन् । कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उनको भनाई रहेको छ ।

उनले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकताबद्ध बनाउनु पर्नेमा पनि जोड दिएका छन् । 'मैले कार्यकर्तालाई आफू कुन पदमा उठ्दा उपयुक्त होला भनेर सोधेको थिए । उहाँहरूले अध्यक्ष पदमा लड्न आग्रह गरिरहनु भएको छ', रावलले भने ।

उनले कार्यकर्ताको आवाजलाई कमजोर हुन नदिने बताएका छन् । नेता रावलले कार्यकर्ताको भावनालाई कदर गर्दै १०औं महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष ललित कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवरलगायत सहभागी थिए ।