🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इजलास फर्किए न्यायाधीश कुमार चुडाल, बन्दीको रिटमा कारण देखाउ आदेश

काठमाडौं, २२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कारमा रहेका सर्वोच्च अदालतका न्यायाधीशमध्ये कुमार चुडाल इजलास फर्किएका छन् ।

आफ्ना लागि पेसी नतोक्ने पूर्वसहमति विपरित जबराले आफूसहितको इजलास तोकेको भन्दै अन्य न्यायाधीश इजलास गएका छैनन् । तर, चुडालले भने एकल इजलासमा पेस भएको एउटा बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरी आदेश जारी गरेका छन् ।

चुडाल र अर्का न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा एक एक वटा रिट पेसीमा थिए । दुईमध्ये चुडालले रिटमाथि सुनुवाइ गरी आदेश दिएका छन् भने श्रेष्ठ अहिलेसम्म इजलास गएका छैनन् ।

संयुक्त इजलासमा भएका न्यायाधीशहरू भने अहिलेसम्म इजलास नजाने अडानमै छन् । चुडालले जिल्ला अदालत रुपकुमपूर्वको आदेशको विपक्षमा दायर एउटा बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेका छन् ।

प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई छोडेर रोलक्रममा कनिष्ठतम न्यायाधीशहरूका लागि इजलास गठन गरेका थिए ।

न्युज कारखाना