🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चाँगुनारायणमा बंगुर पाल्न नपाइने, फार्म हटाउन नगरपालिकाकाे निर्देशन

भक्तपुर, ५ कात्तिक। भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्र सञ्चालन हुँदै आएका बंगुर फार्म हटाउन निर्देशन दिएको छ ।

बंगुर फार्मले नगरभित्र फाेहाेर/प्रदूषण बढाएको र स्थानीयको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पारेको भन्दै पालिकाले उक्त निर्देशन दिएको हो ।

चाँगुनारायण नगरपालिकाले नगरसभाबाट निर्णय गरेर नगरभित्र दर्ता भई र दर्ता नभई सञ्चालनमा आएका सबै बंगुर फार्म हटाउन भनेकाे छ ।  

स्थानीय बासिन्दाले बंगुर फार्मबाट फाेहाेर/प्रदूषण बढेको र सो फार्म बन्द गर्न माग गरेको भएकाले पालिकाले उक्त निर्णय भएको नगरपालिकाकाे प्रशासन शाखाका अधिकृत निलाकुमारी घिमिरेले जानकारी दिइन् । उनले सूचना प्रकाशित भएको ३० दिनभित्र फार्म हटाउनुपर्ने र सोबारे नगरपालिकामा जानकारी गराउनुपर्ने समेत बताइन् ।  

३० दिनभित्र बंगुर फार्म नहटाइए पालिकाले कारबाही गर्ने चेतावनी पनि दिइएकाे छ ।