🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेस पालिका अधिवेशन : चन्द्रागिरिमा घनश्याम गिरी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिकाको सभापतिमा घनश्याम गिरी निर्वाचित हुनुभएको छ । चन्द्रागिरि नगरपालिकाको आइतबार राति सम्पन्न अधिवेशनबाट गिरी सर्वसम्मत सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँ चन्द्रागिरि नगरपालिकाका निर्वाचित नगरप्रमुखसमेत हुनुहुन्छ । 

यस्तै, दुई उपसभापतिमा राजेन्द्रविक्रम बानियाँ र इन्द्रावती श्रेष्ठ, दुई सचिवमा नविन महर्जन र राजेन्द्र महर्जन, दुई सहसचिवमा भुवन श्रेष्ठ र जीवनकुमारी गिरी, दुई कोषाध्यक्षमा विनु बस्नेत र मन्जयप्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो । चन्द्रागिरि नगरपालिका काठमाडौँभित्रकै महानगरपालिका पछिको सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा छन् । काठमाडौँभित्र सर्वसम्मत नेतृत्व छनोट हुने चन्द्रागिरि नगरपालिका पहिलो हो । 

यसअघि काठमाडौँ महानगरपालिकासहित आठ स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । कीर्तिपुर नगरपालिकाको सर्वसम्मत नेतृत्व चयन गर्ने भएकाले नेतृत्व चयनमा ढिला भएको हो भने दक्षिणकाली नगरपालिकामा वडा नं २ को अधिवेशन गर्न नसकेर पालिका अधिवेशन हुन नसकेको काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले राससलाई जानकारी दिनुभयो । दक्षिणकाली नगरपालिकाको पनि दसैँअघि निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समिति अगाडि बढिरहेको छ ।