रुपन्देही, १७ असोज । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका-६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका-६ घर भएका ४६ वर्षीय हिमाल खड्कालाई असाेज १६ गते शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा खड्काले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको पनि बताएकाे छ ।



