🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पत्रकारमाथि साङ्घातिक हमला

काठमाडौं, फागुन १३ \\    नेपाल पत्रकार महासङ्घ, काठमाडौं जिल्ला कमिटी सदस्य शशिबाबु पौडेलमाथि साङ्घातिक हमला भएको छ।

आज आइतबार दिनको १२ बजे, पत्रकार महासङ्घको अफिसतिर गैरहेकै अवस्थामा प्रदर्शनीमार्गमा पत्रकार शशिबाबु पौडेलमाथि साङ्घातिक हमला भएको हो।

सुष्मा गौतम नामकी महिलाले रडले टाउकामा हानेकी र रक्तस्राव भएर शशिबाबु ढलेका थिए।

हमला भएको समयमा त्यहीं छेउमै भएका, ल क्याम्पसका राजकुमार उप्रेती (९८५१०८९९१६) लगायत ल क्याम्पसका बिद्यार्थी नेताहरुले शशिबाबु पौडेललाइ काठमाडौं मोडेल अस्पतालमा लगेर उपचार गराउने तथा सङ्घातिक हमला गर्ने महिला सुष्मा गौतमलाइ सिंहदरबार प्रहरी वृत्तमा लगेर बुझाएका थिए।

शशिबाबु पौडेलको टाउकामा ५ टाँका लगाइएको छ।

पत्रकारमाथि हमला गर्नेमाथि हदैसम्मको कानुनी कार्यवाही होस् भनेर नेपाल पत्रकार महासङ्घ, काठमाडौं जिल्ला कमिटीले विज्ञप्ति जारी गरेको छ।