वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साकाे कारवाहीको सिलसिलामा २०७८ भदाै ३० गते दिउँसो २ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.६ माईस्थान चोक अगाडि रहेको कन्हैया प्रसाद सोनारले आफ्नै घरमा संचालन गरेको के.पी.ज्वेलरीभित्र अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको अवस्थामा पक्राउ गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त ज्वेलर्सभित्र रितपूर्वक खानतलासी गर्दा श्रोत नखुलेको नेपाली नगद रू.३८,५१,१००।–(अठतीस लाख एकाउन्न हजार एक सय) फेला पारी बरामद गरेकाे छ ।
ज्वेलर्स संचालक बर्ष ४५ को कन्हैया प्रसाद सोनार र सोही ज्वेलर्समा काम गर्ने व्यक्ति जिल्ला बारा परवानीपुर गा.पा.वडा नं.३ बस्ने बर्ष २० को दीपक कुमार सर्राफलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसुरमा अनुसन्धान अगाडि बढाइएको छ ।



