🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सामाजिक अभियानमा दाङ प्रहरीकाे सक्रियता

घाेराही । दाङ जिल्ला प्रहरी कार्यालयकाे प्रमुखमा एसपी सुरेश काफ्लेकाे आगमनपछि जिल्लाकाे शान्तिसुरक्षा, विभिन्न किसिमका अपराधिक गतिविधि नियन्त्रणका साथै सामाजिक कार्य  प्रहरी विशेष सक्रियता देखिन थालेकाे छ । हाल प्रहरीकाे ध्यान सडक सुरक्षातर्फ पनि केन्द्रित हुन थालेकाेछ ।

   तुलसीपुर बजार क्षेत्रको विभिन्न ठाउँमा  बजार सडक पेटी प्रयोग गरी व्यापार व्यावसाय गर्ने र जथाभावी बाटो काट्ने पैदल यात्रुहरूलाई प्रहरी सम्झाई बुझाइ गर्नुको साथै बाटो काट्दा अनिवार्य जेब्रा क्रसिङ प्रयोग गर्ने सल्लाह दिने कार्य गरिरहेकाे छ ।

प्रहरीले  बजारको व्यस्त चोक वीरेन्द्र चोक वि.पि चोक.बाहिनी चोक लगायत अन्य चोकमा पैदल यात्रुहरूलाई जेब्रा क्रसिङको प्रयोग गर्न अनुरोध गरी जथाभावी बाटो काट्दा हुने सक्ने दुर्घटना सचेत अभियान नै थालेकाे छ ।

  यसका साथै व्यापारीहरूले सडक पेटीमा व्यापार व्यवसाय गर्दा पैदल यात्रुलाई पर्ने असरका बारेमा जानकारी दिई सडक पेटीमा सामान राखेर वेचविखन गर्नेलाई तुरुन्त हटाउन लगाउनुका साथै तुलीपुर बजारको सम्पूर्ण क्षेत्रमा सडक सुरक्षा सम्बन्धी माइकिङ अभियान सञ्चालन  गरेर पैदल यात्रुहरूलाई सचेत सडक प्रयोग सम्बन्धमा जानकारी गराउने कार्य निरन्तर गर्दै आएकाे छ ।

दाङ प्रहरीकाे जनचेतना अभियान पछि नागरिकहरूले अनुशासित भएर जेब्रा क्रसिङबाट मात्रै बाटाे काट्ने व्यापारीहरूले फुटपाथ कब्जा गरेर जथाभावी पसल  सञ्चालनमा नियन्त्रण गरिएकाे पाइएकाे छ ।