🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतमा एकै दिनमा थप ३७ हजार ८७५ जना कोरोना सङ्क्रमित

नयाँ दिल्ली। भारतमा गत २४ घण्टामा  थप ३७ हजार ८७५ जना नयाँ सङ्क्रमित थपिए पनि कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको बताइएको छ । यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेकामा अहिले घटेर ३८ हजारको हाराहारी पुगेको अधिकारीले बुधबार जानकारी दिएका छन् । 

पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार बिहान सार्वजनिक गरेको विवरणअनुसार गत २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये केरला राज्यमा मात्रै २५ हजार ७७२ जना सङ्क्रमित भएका छन् । 

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३० लाख ९६ हजार ७१८ पुगेको मन्त्रालयले बुधबार जनाएको छ । भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ४१ हजार ४११ जनाको मृत्यु भएको छ । तीमध्ये ३६९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

 त्यसैगरी एक दिनमा ३९ हजार ११४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना शुरु भएदेखि हालसम्म भारतमा तीन करोड २२ लाख ६४ हजार ५१ जना यस रोगबाट मुक्त भएका सरकारी अधिकारीले जानकारी दिएका छन् । कोरोना मुक्त भएका यो सङ्ख्या ९७.४८ प्रतिशत भएको बताइएको छ । 

पछिल्लो केही दिनदेखि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्यामा पनि वृद्धि भएको छ । बुधबार प्राप्त समाचारअनुसार हाल भारतमा सक्रिय सङ्क्रमित सङ्ख्या तीन लाख ९१ हजारभन्दा बढी रहेका छन् । यहाँ कोरोना शुरु भएदेखि हालसम्म ५३ करोड ४९ लाख व्यक्तिको कोरोना परीक्षण भएको सरकारी तथ्याङ्क रहेको छ । 

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप  अभियान शुरु भएको  थियो ।  सो समयदेखि हालसम्म ७० करोड ७५ लाख ४३ हजार १८ डोज खोप लगाएको अधिकारीले जानकारी छ । (रासस÷एएनआई)