🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हाकिमहरूको सेटिङको विरोध : ‘सेमोलेटर’ मेशिन खरिद काण्ड चर्किदै

काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत सानो थिमीमा रहेको प्रशिक्षण प्रतिष्ठानका लागि आवश्यकसेमोलेटर मेशिन खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको खबर छ । मेसिन खरिद प्रकरणमा प्रतिष्ठानका तालिम प्रमुख देवानन्द उपाध्याय र प्राधिकरणका महानिर्देशक राजन पोखरेलको भित्री मिलेमतोमा अनियमितताको तयारी गरिएकोकर्मचारीहरू बताउँछन । मेशिन खरिद गर्नु अगाडि नै उनीहरूले कम्पनीसँग बार्गेनिङ गर्दै कमिशन मिलेपछिमात्र खरिद प्रक्रिया अगाडि बढाएकोे आरोप प्राधिकरणश्रोतकोरहेको छ।

रु. २० करोड मूल्यमा सो मेशिन सुबिसु कम्पनीबाट खरिद गर्न लागिएको हो । मेशिन खरिद प्रक्रिया अर्थात् सूचना प्रकाशित गर्दा नैमिलेमतोमा नीतिगत भ्रष्टाचार गरेको आरोप महानिर्देशक र उपाध्यायमाथि कर्मचारीहरूले लगाएका छन । खरिद प्रक्रिया नै नमिलाई जवर्जस्ती रुपमा टेण्डर आव्हान गरेर सामान खरिदको जिम्मा सुबिसु कम्पनीलाई दिनेगरी आशय पत्र प्रकाशित गरेपछि प्राधिकरणका कर्मचारीले विरोध गर्दै आएका छन ।

महानिर्देशक पोखरेल र तालिम प्रमुख उपाध्यायको मिलेमतोमा उक्त मेशिन खरिद प्रक्रिया अन्तिम चरण पुगेपछि प्राधिकरणका कर्मचारीहरूले मेशिन खरिदमा व्यापक अनियमिता भएको भन्दैकर्मचारीस्तरबाटै कमिटी गठन गरेर छानविन गर्न माग गरेका छन । कर्मचारीको माग बमोजिम ३ सदस्सीय छानविन कमिटी समेत गठन गरिएको छ । 

स्रोतका अनुसार, कमिटीमा  प्राधिकरणका लेखा प्रमुख गोबिन्द दाहाल, रेडियो इन्जिनियर उपज ढकाल र कानूनी परामर्शदाता भेषराज न्यौपाने छन । यो कमिटीले मेशिन खरिदमा के कसो भएको हो भन्ने बारेमा छानविन गरिरहेको भएपनि त्यो देखावटी मात्र भएको आरोप कर्मचारीहरूले लगाएका छन ।

छानविन समितिले दिने  रिपोर्ट केवल झाटार्ने, देखावटी र अनियमितता विरोधी कर्मचारीहरूलाई अल्मल्याउनको लागि गरिएको नाटक मात्र भएको नाम उल्लेख नगर्ने शर्तमा प्राधिकरणका एक उच्च कर्मचारीले साँघुलाई बताए ।कमिटीले जे जस्तो रिपोर्ट दिएपनि हाकिमहरू मेशिन खरिदका लागि तम्तयार अवस्थामा रहेका छन । 

छानविन कमिटी
देखावटी र झारा टार्ने !

 मेशिन खरिद प्रक्रिया अगाडि बढनसाथअनियमितताको गन्ध आएको आरोप प्राधिकरण भित्रैबाट लाग्यो ।तत्काल मेशिन खरिद नगर्नभन्दै प्राधिकरणमा कार्यरत कर्मचारीहरूले विभिन्न किसिमका उजुरी प्राधिकरणको नेतृत्व समक्ष हालेको समाचारश्रोत बताउँछ । त्यसपछि प्राधिकरणले बाध्य भएर तीन सदस्यीयछानविन कमिटी गठन गरेर सत्यतथ्य विषय बाहिर ल्याउनको लागि कमिटीलाई निर्देशन दियो ।

तर कमिटीले देखावटी रुपमा कानूनी प्रक्रिया पूरा गरेको नाटक मञ्चन गर्दै सोही कम्पनीसँग मेशिन खरिदकोलागि आवश्यक चाँजोपाँजो मिलाउन सहयोग पु¥याउने गरी रिपोर्ट तयार पार्ने काम अन्तिम चरणमा पु¥याएकोआशंका कर्मचारीहरूको रहेको छ ।

यही २०७८ भदौ महिनाभित्र चार वर्षे महानिर्देशको कार्यकाल पूरा गरेर पोखरेल प्राधिकरणबाट बाहिरिन लागेका छन । अनि जे जसरी भएपनि उनी मोटो रकम कमिशन हात पारेरप्राधिकरणबाट बाहिरिनु अघि नै बिसौ करोडका लागि कम्मर कसरे लागेकोकर्मचारीहरू बताउछन् । कमिटीले दिएको रिपोर्टले मेसिन खरिदका लागि अवरोध नपु¥याउने गरी पोखरेल र उपाध्यायको निर्देशन र राय, सल्लाह बमोजिम नै काम गरिरहेको हुन सक्नेआशंका कर्मचारीहरूले रहेका छन् ।

प्रतिक्रियाःमेशिन खरिद नहुँदै अनियमितताको गन्ध बाहिर आएको विषयमा साँघु प्रतिनिधिले प्राधिकरणका महानिर्देशक पोखरेलसँग जिज्ञासा राख्दा ‘त्यस विषयमा आफू अनभिज्ञ रहेको’ उनले बताए । उता तालिम प्रमुख उपाध्यायले ‘मेशिन उपकरण खरिद प्रक्रियाबारे कमिटीले छानविन गरिरहेकोले उसले दिएको रिपोर्टको आधारमा मात्र खरिद प्रक्रिया अगाडि बढाउने’ बताए ।