🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिका र बेलायतले औंल्याए काबुल विमानस्थल आक्रमणको खतरा 

काठमाडौं । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमणको जोखिम रहेको औंल्याएका छन् । यही आशंकापछि यी दुई देशले आफ्ना नागरिकलाई त्यहाँ नजान र पुगिसकेकालाई फर्कन आग्रह गरेको छ । 

अमेरिका र बेलायतले बुधबार राति सूचना जारी गर्दै आफ्ना नागरिकलाई सतर्क गराएको हो । समाचारहरूमा बताइएअनुसार तालिवानीले अहिले विमानस्थल जाने सबै बाटो बन्द गराएको छ । विमानस्थलमा रहेका अमेरिकी सैनिकहरू आत्मघाती आक्रमण हुनसक्ने त्रासमा रहेको बताइएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फर्किए पनि विमानस्थलमा भने उसले अहिले पनि नियन्त्रण कायम राखेको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडनले उद्धार कार्य छिटो सक्न आग्रह गरेका छन् ।  

१० दिनअघि तालिवानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि हालसम्म त्यहाँबाट ८२ हजारभन्दा बढीको हवाई उद्धार भएको जनाइएको छ । यद्यपि, अझै काबुल विमानस्थल भित्र र बाहिर दोस्रो देश जान चाहने हजारौं मानिसको भीड छ । उनीहरूलाई अगस्ट ३१ भित्र उद्धार गरिसक्न भनिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनलाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार, अगस्ट ३१ पछि पनि अफगान नागरिक र विदेशीहरूलाई देश छाड्न दिने वाचा तालिवानले गरेको छ। यद्यपि, उसले आफ्ना नागरिकलाई देश छाड्न उक्साएको भन्दै असन्तुष्टि जनाएको छ ।

अफगानी जनताको कौशल देशका लागि आवश्यक भएकाले उसले देश नछाड्न आग्रह गरेको छ । तर विगतमा अमेरिकालाई सघाएको आरोपमा तालिवानले बदला लिनसक्ने भयमा रहेका नागरिक आश्वस्त हुन सकिरहेका छैनन् । कतिपय स्थानमा अमेरिकी सेनालाई सघाएकाहरूको घर घरमै पुगेर तालिवानले खानतलासी थालेपछि त्रास बढेको छ ।