🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेना : तलेखु–भ्राताङ भीरमा ‘ब्लाष्टिङ’ गरेर ट्र्याक खोल्दै

मनाङ । मनाङको मेरुदण्डका रुपमा रहेको तलेखु–भ्राताङ भीरमा नयाँ निर्माण थालिएको छ । नेपाली सेनाको प्राविधिक टोलीले भीरमा बम ब्लाष्टिङ गरी ट्र्याक खुलाउन सुरुआत गरेको हो । 

दुई महिना भन्दा बढीसो सडकमार्ग अवरुद्ध हुँदैआएको छ । सेनाको सो टोलीले सडक अन्तर्गतको चट्टान कटेर ट्र्याक बनाउन सुरु गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । चट्टानी भीरमा सडक अवरुद्ध हुँदा माथिल्लो मनाङ र तल्लो मनाङ बीचको आवतजावत समेत रोकिएको छ । यसलाई सहज बनाउन नयाँ ट्र्याक खुलाउन लागिएको उहाँले बताउनुभयो । 

सांसद पोल्देन छोपाङले भीरमा ड्रिलिङ कम्प्रेशर मेसिनद्वारा ड्रिलिङ गरी प्वाल बनाइ ब्लास्टिङ  थालिएको र केही समयमा ट्र्याक खुल्ने जानकारी दिनुभयो ।

ङिस्याङ गाउँपालिका–१ भ्राताङ भीरमा ब्लास्टिङ   शुरुआत गरिएको छ । सडक डिभिजन कार्यालय लमजुङका इञ्जिनीयर सुमन अधिकारीले भन्नुभयो, “मनाङको सडकखण्ड अन्तर्गतको सबैभन्दा अप्ठ्यारो र अति जोखिमपूर्ण रहेको तलेखु–भ्राताङ भीरमा बाढीपहिराले पूर्ण रुपमा सडकको निसान नै मेटाएको थियो । यसले गर्दा नयाँ ट्र्याक निर्माण गर्न थालिएको हो । ”

यस भीरमा सडकको ट्र्याक खुलाएपछि  माथिल्लो र तल्लो मनाङ बीचमा आवतजावतमा सहज हुने उहाँले बताउनुभयो ।

 
 गत असार १ गते आएको बाढीपहिराले गर्दा उक्त भीरको सडक मार्ग क्षतविक्षत् भएर अवरुद्ध भएको थियो । “अन्य समयमा पनि जोखिम मानिएको यस खण्डमा बाढीपहिराले जोखिम बढ्नुका साथै सडकको निशान हराएको छ । यस भीरमा नयाँ ट्र्याकका लागि बम प्रहार गरी सडक बनाउने कार्य भइरहेको छ । सेनाले उक्त भीरको चट्टानलाई कोपेर र बम प्रहार गरी बाटो निर्माणको काम सोमबारदेखि थालिएको हो,” उहाँले भन्नुभयो । 

सडक निर्माणका लागि चट्टानमा प्वाल बनाइ बम राखेर ब्लाष्टिङ भइरहेको  ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारीदिनुभयो । उहाँका अनुसार जेसिबी र एक्साभेटरको प्रयोगबाट सडक सञ्जाल जोड्ने काम भइरहेको छ । बेँसीशहर–चामे सडक अन्तर्गतको बेँसीशहरबाट माथि ३५ किमी सडक सञ्चालनमा आइसकेको छ । 

यस्तै चामेबाट माथिल्लो क्षेत्रमा सडक सञ्चालन भए पनि तलेखु–भ्राताङ भीरको सडक निर्माणका प्रक्रियामा छ । उक्त सडक क्षेत्रमा सडक मर्मतका लागि गृहमन्त्रालयमार्फत सेनाको हेलिकप्टरबाट इन्धन ल्याइएको थियो । गत जेठ १४ मा चामेमा सडक विच्छेद भएको थियो । पुनः गत असार १ गते आएको बाढीपहिराले जिल्लाका धेरै स्थानमा पूर्ण रुपमा क्षतविक्षत् बनाएको थियो । यसका लागि स्थालमार्गको असहजताले गर्दा निर्माण कार्यमा सकस भएको छ । 

सडक निर्माण तथा मर्मतका लागि आवश्यकपर्ने सामग्री र इन्धन ढुवानीको सहज पहुँच नहुँदा निर्माण ढिलाइ भएको सडक डिभिजन कार्यालयको भनाइ छ । बाढीपहिराको क्षति पु¥याएको सडकको अध्ययन अवलोकनपछि नयाँ सडक निर्माण गर्ने प्रस्ताव भए बमोजिम मर्मत थालिएको हो । बेँसीशहर–चामे सडक खण्ड १०७ किलोमिटर रहेको छ । सडक अन्तर्गत केही स्थानमा नयाँ ट्र्याक पनि खुलाउने प्रयासमा रहेको जनाइएको छ ।