काठमाडौं । आज बसकेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याएर दल विभाजन गर्न सक्ने प्रावधानसहितको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको छ ।
यो भन्दा पहिले राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको थियो । यस ऐनलाई संशोधन गर्न मन्त्रिपरिषद्ले यस्तो अध्यादेश ल्याएको हो ।



