🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

क्यान र डिशहोमबीच सम्झौता

काठमाडौँ, ९ साउन (रासस) : घरेलु क्रिकेट प्रतियोगिताको उत्पादन तथा प्रसारणका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच सम्झौता भएको छ ।

    क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र डिश मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले साउन ८ गते सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । क्यानले आयोजना गर्ने प्रतियोगिताको प्रत्यक्ष प्रसारण अब एक्सन स्पोटर्सबाट हुने कोषाध्यक्ष सिंहले जानकारी दिनुभयो ।

    सम्झौतानुसार क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रसारणको अधिकार डिशहोमले पाएको छ । क्यानले झण्डै रु एक करोड बराबरको वार्षिक सम्झौता गरेको हो ।