🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रिक्त पद एक : डीआईजी बन्न पाँच एसएसपीको दौड

काठमाडौं । नेपाल प्रहरीमा कार्यसम्पादन उत्कृष्ट नभए पनि सहकुलबहादुर थापाले शक्ति केन्द्रको आशीर्वादबाट एआईजीमा बढुवा हुने अवसर पाए । थापाको बढुवापछि  एक डीआईजी पद रिक्त हुँदैछ । रिक्त डीआईजी पदका लागि ५ एसएसपीबीच तीव्र प्रतिस्पर्धा छ । डीआईजी बढुवाका दाबेदार ५ एसएसपी हुन् सन्दीप भण्डारी, उमेश जोशी, टेकप्रसाद राई, श्याम ज्ञवाली र दीपक थापा ।

बढुवाको दौडमा त्यसपछिका एसएसपीहरू छैठौं र सातौंदेखि एघारौं नम्बरका पनि छन् । तर यी ५ मध्येबाटै डीआईजी बढुवा हुने सम्भावना  प्रबल छ । यी ५ जनामध्ये कार्यक्षमता र पहुँचका आधारमा दीपक थापा पहिलो नम्बरमा देखिएका छन् । वरियतामा ५ नम्बर भएपनि उनी बढुवाको दाबेदारमा एक नम्बरमै देखिन्छन् ।

  आईजीपी शैलेश थापा क्षेत्री भक्तपुरकै भएको र गृहसचिव महेश्वर न्यौपाने पनि दाहिना भएकाले उनको सम्भावना प्रबल रहेको प्रहरी श्रोत बताउँछ । पूर्व आईजीपी सर्वेन्द्र खनाल र हालका आईजीपी शैलेश थापा क्षेत्रीबाट पनि उनले कार्यसम्पादन मूल्यांकनमा नम्बर राम्रो पाएकाले एसएसपी थापाको बढुवा सहज भएको बताइन्छ ।

वरियतामा एक नम्बरमा रहेका सन्दीप भण्डारी पनि आफ्ना दाजु प्रदेश नम्बर १ का सभामुख प्रमोद भण्डारीमार्फत रिक्त एक डीआईजी पदमा बढुवा हुने दौडमा रहेको चर्चा छ ।

टेकप्रसाद राई पनि विभिन्न शक्ति प्रयोग गरिरहेका छन् । उनका लागि अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले पनि जोडबल लगाउने चर्चा गरिएको छ । यद्यपि प्रमुख आयुक्त राई विवादमा पर्न नचाहिरहेको श्रोत बताउँछ ।

डीआईजी बढुवाका लागि श्याम ज्ञवाली पनि दौडमा छन् । प्युठान घर भएका उनी अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलहरूमार्फत पहल गरिरहेका चचाृ छ ।

यसैबीच, नेपाल प्रहरीमा ३ एआईजी रहेकोमा थप एक दरबन्दी सिर्जना गरिएपछि डीआईजीमा पनि दरबन्दी थप्नुपर्ने लविङ भइरहेको छ । प्रहरीको भावी नेतृत्वमा प्रतिस्पर्धा गराउनुपर्ने तर्क दिँदै डीआईजी दरबन्दी थप्ने खेल भइरहेको छ । दरबन्दी थप भएमा दीपक थापा निश्चित देखिन्छन् भने सन्दीप भण्डारी र टेकप्रसाद राईमध्येबाट अर्काे पदमा बढुवा हुने श्रोत बताउँछ ।