🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तिरेनन् काठमाडौंका ठूला हस्पिटलदेखि सपिङ मलसम्मले कर

काठमाडौं महानगरपालिका (कामनपा) क्षेत्रभित्रका २३ व्यक्ति तथा संघ संस्थाले घरजग्गा तथा सम्पत्ति कर बुझाउन अटेरी गरेको पाइएको छ । जसमा व्यावसायिक सपिङ मल, अस्पताल, सामाजिक उत्तरदायित्वको पाठ सिकाउने संघ संस्थादेखि सरकारी कार्यालयसम्म छन् । पटक–पटकको लिखित तथा मौखिक आग्रहलाई बेवास्ता गरेपछि विभिन्न २३ संघ–संस्थालाई कामनपाले कर दायित्व पूरा गर्न ३० दिने अल्टिमेटम दिएको छ । 

\"\"

घर तथा सम्पत्ति कर बुझाउन अटेरी गर्नेहरूमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायू हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, चण्डोल, एनआरटी क्लब, युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, , बुद्धबारी कम्प्लेक्स, वाग्मती च्याम्बर, टेकु, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल क्षयरोग केन्द्र, नेपाल रेडक्रस सोसाइटी, कालीमाटी छन् । 

\"Chirayu\"\"
\"\"
कामपा राजस्व विभागका अनुसार, आदर कम्प्लेक्स, नेसनल हस्पिटल प्रालि, शहीद मेमोरियल हस्पिटल, कृषि सामग्री संस्थान, एलआरआई बोर्डिङ स्कुल, मनमोहन मेमोरियल कलेज, आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री को–अपरेटिभ लिमिटेड, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, गोपालजी पोपर्टिज प्रालि र स्टार मलले पनि कर चुक्तामा उदासीनता देखाउँदै आएका छन् । 

यी संघ संस्था तथा व्यक्तिलाई वडा कार्याल्य तथा महानगरपालिकाको राजस्व विभागबाट आग्रह गर्दा पनि अटेरी गरेकाले ३० दिने अल्टिमेटम दिएको कामनपाले जनाएको छ । दिइएको समयभित्र पनि दायित्व पूरा नगरेमा कानूनी प्रक्रिया अघि बढाउने महानगरपालिकाले चेतावनी दिएको छ ।