🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पोखरा बागलुङ सडक खण्ड सोमबार रातिदेखि अवरुद्ध

पर्वत । सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवाभिरमा निरन्तर पहिरो झरिएका कारण गए रातिदेखि नै सडक अवरुद्ध बनेको हो । 

उक्त स्थानमा सडकभन्दा करिव ५० मिटरमाथिबाट ठूलो पहिरो झरिरहेकाले अहिले सडक अवरुद्ध छ । सडकको दुवैतर्फबाट पहिरो हटाउने प्रयास भइरहे पनि सडक खुल्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो । उक्त स्थानमा विगत देखिनै सामान्य वर्षा हुने वित्तिकै पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

सडक अवरुद्ध बनेपछि विभिन्न मालबहाक ढुवानीका सवारी साधनसँगै एम्बुलेन्स सेवासमेत प्रभावित बनेको छ । कोरोना कहरको महामारीमा सडक बन्द भएपछि बागलुङ, म्याग्दी, मुस्ताङलगायत स्थानबाट थप उपचारका लागि पोखरा लैजानुनपर्ने बिरामी प्रभावित बनेका छन् भने अत्यावश्यक कामका लागि आवातजावत गर्ने सर्वसाधारण पनि मर्कामा परेका छन् । 

सडक अवरुद्ध हुँदा साविक धौवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधन पर्वतको नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाडौँका लागि छुटेका सवारीसाधन पनि गन्तब्यमा पुग्न सकेका छैनन् ।