🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

किसानलाई औजार वितरण

सुर्खेत । यहाँ व्यावसायिक किसानलाई कृषि उपकरण तथा औजार वितरण गरिएको छ । लेकवेशी नगरपालिकाको दशरथपुरमा व्यावसायिक कृषकलाई मिनिटेलर हर्स पावर वितरण गरिएको हो । 

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सिताकुमारी नेपालीले लेकवेशी दशरथपुरका कृषकलाई व्यावसायिक खेती गर्नका लागी मिनिटेलर प्रदान गर्नुभयो । कृषि लाई व्यावसायिक र आधुनिकीकरण गर्न प्रदेश सरकार लागेको जनाउँदै मन्त्री नेपालीले अनुदानलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । सरकारको अनुदानलाई सदुपयोग गरेर आफ्नो लगानी बढाइ आत्मानिर्भर बन्न कृषकलाई उहाँले आग्रह गर्नुभयो । 

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आव २०७७÷७८ को वार्षिक विकास कार्यक्रमअनुसार प्रदेशसभाका सदस्यको प्रत्यक्ष निगरानी हुने गरि दलित अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रमअन्तर्गत कृषि औजार वितरण गरिएको कृषि विकास निर्देशनालयका प्रमुख चित्रबहादुर रोकायाले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारको ७५ प्रतिशत र समुदायको २५ प्रतिशत लगानी हुने कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमबाट दशरथपुरमा सात हर्स पावरका १३ मिनि टेलर, एक रोटाभेटर तथा रु ५० हजार बराबरको तरकारीको बीउ वितरण गरिएको प्रमुख रोकायाले जानकारी दिनुभयो । 

 निर्देशनालयका अनुसार भेरीगङ्गा नगरपालिका–५, लेखवेशी नगरपालिका–४, वीरेन्द्रनगर नगरपालिका–२, ४ र १३, वराहताल गाउँपालिका वडा नं। ६, ७ र १०, सिम्ता गाउँपालिका–७ र गुर्भाकोट नगरपालिका–५ छनोट भई कार्यक्रम कार्यान्वयन भइरहेका छन् ।  प्रदेशसभाका  प्रति सदस्यका लागि कृषि मन्त्रालयले कृषिमा रु १० लाख र पशुसेवातर्फ रु १० लाख विनियोजन गरेको थियो ।