🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राससको महाप्रबन्धकमा राई नियुक्त

काठमाडौँ, ८  असार (रासस): राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धकमा धनकुटाका सिद्धराज राई नियुक्त हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा असार ७ गते  साँझ बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारप्रविधि मन्त्रालयले जनाएको छ ।

धनकुटा, शहीदभूमि गाउँपालिका वडा नं ३ निवासी राईले २०५५ सालदेखि धरानबाट निस्कने न्यूज टाइम्स साप्ताहिकबाट पत्रकारिता शुरु गर्नुभएको थियो ।  लामो समय धनकुटामा रही मोफसल र त्यसपछि केन्द्रमा रहेर उहाँले पत्रकारिता गर्नुभएको थियो ।

उहाँले केन्द्रबाट निस्कने नेपाल समाचारपत्र राष्ट्रिय दैनिक हुँदै नागरिक दैनिकमा काम गरिसक्नुभएको छ ।  नागरिक दैनिकमा जिल्ला ब्युरो रहनुभएका उहाँ अहिले काठमाडौँबाट प्रकाशन हुने देखापढी डटकममा सम्पादकका रुपमा काम गरिरहनुभएको छ   । आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर राई नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहनु भएको थियो ।