🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाद्वारा बाढी पहिरो पीडितको खोज, उद्धार तथा राहत वितरण

काठमाडाैं । विगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरुमा गएको बाढी पहिरोबाट प्रभावित स्थानहरुमा नेपाली सेनाको श्रोत साधन तथा जनशक्ति परिचालिन गरि खोज, उद्धार तथा राहत कार्य शुरु गरिएको नेपाली सेनाले जनाएकाे छ ।

\"No

\"No

  २०७८ असार १ गते धादिङ जिल्ला, बेनीघाट रोडाङ गाउँपालिका-१०, तिङराङ खानीस्थित पृथ्वी राजमार्ग सडक खण्डमा लगातार बर्षाको कारण पहिरो गई अवरुद्ध भएकोले नेपाली सेनाको टोलीले उक्त पहिरो हटाई यातायात सुचारु गरेको छ ।

 २०७८असार २ गते सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका-११ स्थित मेलम्ची खोलामा आएको बाढीले अम्बथान, क्युल, चनौटे र मेलम्ची बजार ईलाकालाई प्रभाव पारेको र उक्त बाढीबाट प्रभावित स्थानीयवासीहरुको उद्धार कार्यमा परिचालित नेपाली सेनाको टोलीले मेलम्चीको बाढीमा फसेका ३ जना व्यक्तिहरुलाई हेलिकप्टरद्वारा उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउनुका साथै उक्त क्षेत्रमा फसेका तथा विस्थापित अन्य स्थानीयबासीहरुको उद्धार कार्य जारी राखेको नेपाली सेनाकाे  जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएकाे छ ।

  त्यसैगरी, मनाङ्ग जिल्ला, चामे गाउँपालिका-५ घट्टे खोलामा आएको बाढीले गर्दा नयाँ बजारमा अड्‍कीएर अलपत्र परेका स्थानीयवासिन्दाहरुलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत अन्य स्थानीयको सहयोगमा सुरक्षित स्थानमा लगिएको बताइएकाे छ । साथै, बाढीको कारण चामे बजार ईलाका असुरक्षित भएपछि करिब ३०० जना स्थानीय एवं विपद् उद्धारका सामग्रीहरु जिल्ला कारागारको नयाँ भवनमा सारिएको छ ।