🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जब बाबुरामले चुच्चे नक्सा छोपेर टेलिभिजनलाई अन्तर्वार्ता दिए 

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई देशमा विदेशी हस्तक्षेप बढेकोमा चिन्तित छन् । बढ्दो हस्तक्षेपले ठूलै षड्यन्त्रको तानाबाना बुनिरहेको उनको ठहर छ । 

त्यसैले पछिल्ला केही सातायता उनी सामाजिक सञ्जाल होस् वा टेलिभिजन, जतासुकै यो विषय उठाइरहेका हुन्छन् । 

यही निष्कर्षका साथ २०७८ जेठ २९ गते  शनिबार ५ पूर्वप्रधानमन्त्रीबाट विज्ञप्ति नै आयो । जसमा बाबुरामको अलि बढी नै अग्रसरता देखिन्छ । 

बढ्दो विदेशी हस्तक्षेपका कारण चिन्तित उनै बाबुरामले यही प्रकरणबारे एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा भने नेपालको नक्साको चुच्चोतर्फको भाग नै छोपेको पाइएको छ । 

२०७८ जेठ ३० गते गते कान्तिपुर टेलिभिजनसँग अनलाइनमार्फत आफ्नै निवासबाट संवादमा जोडिएका डा. भट्टराईले तौलियाले नेपालको नक्साको चुच्चोतर्फको भाग छोपेका हुन् । पृष्ठभूमिमा रहेको नक्साको अन्य भाग भने देखाइएको छ । 

भट्टराईको अन्तर्वार्ताको यस्तो दृश्य देखिएपछि धेरैले यसमाथि प्रश्न उठाएका छन् । 

 नयाँ नक्सा जारीपछि सरकारले पूर्वप्रधानमन्त्रीलगायतलाई उपहार दिएको थियो । भट्टराईले नक्सालाई नियतवश छोपेका हुन् या संयोग मात्र हो ? खुलेको छैन । सामाजिक सञ्जालमा यसबारे प्रश्न उठाइए पनि उनले जवाफ दिएका छैनन् । 

वाह्य हस्तक्षेपले चिन्तित बाबुरामले विगतमा प्रोटोकल मिचेर भारतलगायत राष्ट्रका मन्त्री, नेता, राजदूतलगायतसँग गरेको भेटवार्ताबारे पनि अहिले उत्तिकै प्रश्न उठेको छ । यसबारे जवाफदेही हुन बाबुरामले आवश्यक ठानेका छैनन् ।  

(पूर्व प्रधानमन्त्रीकाे हैसियत बिर्सिएकाे याे क्षण : भारतीय विदेश मन्त्री एस जयशंकर,, तत्कालीन भारतीय राजदूत मञ्जीव पुरीका साथमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव)

\"\"