हालै खाडी मुलुक साउदी अरब आफ्नो एक फैसलाका कारण निकै चर्चित बनेको छ । अब सरकारी सहमति लिएर मात्रै साउदी नागरिकले पाकिस्तान, बंगलादेश, चाड तथा म्यानमारका महिनासँग सजिलै विवाह गर्न पाउनेछन् । साउदी राजकुमारले अहिलेसम्म यसबारेमा भने आधिकारिक बयान दिएका छैनन् । साउदी राजकुमार मोहम्मद बिन सलमानलाई महिलाहरुको हकको बारेमा बोल्ने व्यक्तिका रुपमा चिनिन्छि । तर, धेरै कमलाई यो थाहा छ कि रिसले चुर भएका राजकुमारले एकपटक आफ्नै आमालाई नजरबन्दमा राखेका थिए ।
साउदीमा लामो समय बिताएका अमेरिकी पत्रकार तथा लेखक बेन हबर्डले आफ्नो पुस्तक ‘एमबीएस : द राइज टु पावर’ मा यी राजकुमारसँग जोडिएका कयौं रहस्य खुलासा गरेका छन् । सन् २०१६ मा आफ्नो बाबुलाई थाहा नहुने गरी राजकुमार मोहम्मदले आफ्नो आमालाई लुकाएका थिए । टेलिग्राफका अनुसार अमेरिकी अनुसन्धान विभागले यसको पुष्टि गरेको थियो । महिलाहरुप्रति उदार छवि बनाएको भनि चर्चा कमाएका साउदी राजकुमार मोहम्मद बिन सलमान आफ्नै श्रीमती र आमाप्रति भने बिल्कुलै विपरीत रहेको खुलासा गरिएको छ । साउदीमा महिलालाई सवारी चलाउने अधिकार पनि राजकुमार सलमानले नै दिएका थिए ।



