🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक पक्राउ

नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले कोरोना महामारीको फाइदा उठाउँदै गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने भट्टराईलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ भट्टराईले औषधि व्यवस्था विभागमा दर्ता नगरी चिनियाँ ब्राण्डको लोगो नक्कल गरी स्टिकर टाँसेर हानिकारक पदार्थ मिथानोल धेरै राखेर बिक्री वितरण गर्दै आएको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।

प्रहरीले भट्टराईको साथबाट तीन हजार ८१ लिटर स्यानिटाइजर बरामदसमेत गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखा प्रमुख खापुङले जानकारी दिए ।