🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निषेधाज्ञा लागेपछि घरमै थन्किएँ : संजय थापामगर

(कोरोना भाइरसको महामारीले धेरै मानिसलाई उठिवास लगाएको छ । थुप्रैको ज्यान गयो । बाँचेका पनि स्वस्थ जीवनका लागि संघर्षरत छन् । मजदूरलाई त्यत्तिकै समस्या छ । रोजीरोटी खोसिएको छ । रोजगारमा रहेका पनि त्रासमा रहेका छन् । त्यस्तै भएको छ हातमा सीप भएर पनि घरमै थन्केर बस्न पुगेका सडक पाइलट संजय थापामगर । रामेछापका २७ वर्षे युवाको काम नै सडकमा । तर त्यही सडक नै कोरोनाको प्रकोपले बैरी भएको छ । कसरी गरिरहेका छन् त उनले संघर्ष ? ३६८८ नम्बरको ट्याक्सीका चालक संजयले यसरी बताएका छन् आफ्नो जीवनको संघर्ष साँघु प्रतिनिधिसँग सडक पाइलटसँगको अन्तरंगमा–सम्पादक) 

० गाडीलाइनमा आएको कति भयो नि ?
–दुई वर्ष भयो । 

० कसरी आउनु भयो त यो लाइनमा ?
–पहिला म देश बाहिरतिर गएँ । 

० कहाँ जानुभयो ?
–मलेसिया । 

० कति बस्नुभयो नि त्यहाँ ?
–१८ महिना बसें । 

० त्यसपछि नि ?
–त्यसपछि बिरामी भएर नेपाल फर्किएँ । दुई वर्ष जति गाउँमै बसें । 

० के गरेर बस्नुभयो त ?
–फर्निचरको काम गरेर बसियो दुई वर्ष । फर्निचर नगर्ने भनेर यही लाइनमा छिरियो । ड्राइभर बनौं भनेर आइयो । 

० ट्याक्सी आफ्नै हो ?
–भिनाजुले चलाउने गाडी हो यो । भिनाजु कहिले कता कहिले कता हुने भएकाले मैले सिकेर गाडी चलाइरहेको छु भनौं न अहिले । 

० तपाईले अहिलेसम्म यही ट्याक्सीमात्रै चलाउनु भएको हो ?
–ट्याक्सी नै हो चलाएको । अरु मैले चलाएको छैन । 

० विदेश गएको मान्छे विदेश नबसेर कसरी नेपालमा त ?
–त्यस्तै हुँदो रै’छ । परिस्थितिले गर्दाखेरी गा¥हो हुँदो रै’छ । काम पनि हार्डवर्क प¥यो । तातो र चिसो मिलाएपछि शरीरलाई बिगार्दो रहेछ । त्यही भएर १८ महिनामै नेपालमा फर्किएँ । 

० कस्तो छ त यो गाडीलाइन ?
–त्यस्तै छ अहिले । ठीकै छ भन्नु प¥यो । गरौं भन्ने रोजगारी अरु केही छैन । 

० कमाई कस्तो छ नि ?
–लकडाउन भन्दा अगाडि त कमाई ठीकै थियो । अहिले त लकडाउनले र पठाओले गर्दाखेरी कमाई छैन । 

० पठाओ जोड्नु भएको छैन अहिले ?
–मैले पठाओ राखेको छैन । गाडी धेरै गुड्छन् । अहिले हामीले ८०–९० किलोमिटर दिनमा कुदाउँछौं भने पठाओ नर्मल्ली १५० भन्दा बढी कुँदेको हुन्छ । लिन जान प¥यो । फर्केर आउन प¥यो । २–३ किलोमिटर त्यत्तिकै कुँद्छ । 

० लकडाउनका बेलामा के गर्नुभयो त ?
–लकडाउनमा म गाउँमा थिएँ । गाउँमै खेती गरियो । जान त लकडाउन भन्दा अगाडि नै गाको हो । २०७७चैतको २ गते नै घर गाको हो म । लकडाउन भैहाल्यो । 

० कहिले फर्किनु भयो त ?
–२०७७ साउनमा आएको । 

० त्यसपछि ट्याक्सी चलाउन थालियो ?
–त्यसपछि ट्याक्सी चलाउन थालियो । 

० अहिले कस्तो त त स्थिति ?
–बर्बाद । स्थिति यस्तो छ । हेर्नुस् न । 

० निषेधाज्ञा लाग्यो त फेरि ?
–बर्बाद भयो । जोरबिजोर लगाउने कुरो थियो । एकैपटक निषेधाज्ञा लगायो । निषेधाज्ञा लाग्यो घरमै थन्किनु प¥यो 

० जोरबिजोर गर्दा गाडीले कोरोना सार्ने हो र ?
–खै के खै । 

० भोलिको सोच के छ ?
–यस्तो छ के भन्ने । नर्मल भएपछि चोकमा निस्कने हो । भए हुन्छ नभए हुन्न । स्थिति खराब छ । मान्छे चढ्न छोडिसक्यो । मान्छे निस्किदैन । 

० अब ट्याक्सी नै चलाउने कि अरु काम गर्ने त ?
–सोच्दैछु ।

 
० विदेशतिरै जाने कि ?
–एक दुई वर्ष यतै बसौं । भएन भने जानुपर्छ । 

० बच्चा कति छन् ?
–एउटा हो । छोरा हो । भर्खर ५–६ महिनाको भयो । त्यही भएर २–४ वर्ष त बाहिर जानेकुरा पनि भएन । 

० बच्चालाई पनि ड्राइभर बनाउने त होला नि ?
–पछिको कुरा हो के हुन्छ हुन्छ नि । 

० तपाईहरूलाई सम्मान छ कि छैन ?
–कुनैबेला हुन्छ । कुनै बेला हुन्न । ड्राइभर भनेपछि सबैसँग रिसइबीमात्रै हुन्छ । कसैले नराम्रो पनि भन्छ । कसैले हेप्छ पनि । 

० ट्याक्सीको पैसा बढी लिने भएकाले पनि हो कि ?
–पेट्रोलको भाउ रु. १२२। पुग्यो । मिटरको भाउ पेट्रोल ७५ रुपैयाँ लिटर हुँदा बनाएको हो । २०६९ सालमा बनेको भाउ अहिले ७८ साल भइसक्यो । नौ दश वर्ष अगाडिको मिटर छ हेर्नुस् । त्यही खोज्छ मान्छेले । त्यस्तै बेला बार्गेनिङ हुन्छ । कुनै बेला ट्राफिक प्रहरीले दुःख दिन्छ । जहाँ पायो त्यहाँ रोक्न पाउँदैन ।