🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोरोनाबाट काभ्रेमा सातको मृत्यु

कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा आज सात जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत तीनको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) ले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरका ७८ वर्षीय, बनेपाका ४२ वर्षीय र ६२ वर्षीया, पनौती नगरककी ८० वर्षीया, भक्तपुरका ६२ वर्षीया र ६७ वर्षीय तथा महोत्तरी, जलेश्वरका ५० वर्षीया छन् । मण्डनदेउपुरका एक पुरुषको काठमाडौँको मेडिसिटी अस्पतालमा आजै मृत्यु भएको छ । 

पछिल्लो घटना विवरणानुसार कोरोना सङ्क्रमण भएको थाहा नभई घरमै बसेर शारीरिक अवस्था निकै कमजोर भई आएकाको अस्पताल आएको एकै दिनमा मृत्यु हुने गरेको केन्द्रले जनाएको छ ।