🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यातायात कार्यालय ठुलोभरेङमा दैनिक रु. ५० हजार घुस  असुली ?!

काठमाडौं । भ्रष्टाचारका विरुद्ध शून्य सहनशीलता भन्दै सरकारले जति जिब्रो फड्कारे पनि कर्मचारीतन्त्रीले भने पुराना तरिका छाडी नयाँ नयाँ शैलीमा भ्रष्टाचार गर्ने तरिका आविष्कार गरिरहेका छन् । यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमती पत्र, वाग्मती ठुलोभरेङमा कर्मचारीहरुले एउटै गलत कामबाट दैनिक रु. ५० हजारभन्दा बढी घुसस्वरुप असुल्ने गरेको जानकारी हुन आएको छ ।

यसरी घुस असुल्न उनीहरुले आधा दर्जनभन्दा बढी तरिकाहरु आविष्कार गरी प्रयोग गर्दै आएको श्रोत बताउछ । सो कार्यालयमा सञ्जय थापा कार्यालय प्रमुख र कम्प्युटर अधिकृतका पदमा वासुदेव रेग्मी कार्यरत छन् । दुई जनाको मिलोमतोमा त्यहा“ मोटरसाइकलको लिखित र ट्रायल परीक्षामा छिट्टै सामेल गराएवापत मात्र दैनिक रु. ५० हजारबढी घुसवापत असुल हुने गरेको भौतिक पूर्वाधार तथा परिवहन मन्त्रालय श्रोतले उल्लेख गरेको छ । 

सवारीचालक अनुमतीपत्रका लागि अनलाइन फाराम भर्ने प्रक्रिया शुरु भएपछि अहिले सेवाग्राहीहरु कार्यालयमै पुगी फाराम भर्नुपर्ने झञ्झटबाट त मुक्त छन् । तर यही प्रक्रियालाई दुरुपयोग गरी कम्प्युटर अधिकृत वासुदेवमार्फत मासिक लाखौं रुपैयाँ उठाइने गरेको पीडितहरू गुनासाे गर्छन् । अनलाइन फाराम भर्नेहरुको नामावली र सो कार्यालयको लिखित तथा प्रयोगात्मक परीक्षा लिने हालको क्षमता हेर्दा सन् २०२२ मार्चसम्मका लागि परीक्षार्थीहरु पूरा भइसकेका छन् ।

तीन पटकसम्म पनि प्रयोगात्मक परीक्षा (ट्रायल) मा असफल भए फेरि नयाँ फाराम भरी पालो कुर्नुपर्ने हालको नियम रहेको छ । यस प्रावधान बमोजिम सयौं परीक्षार्थीहरु मौखिकमा र अरु सयौं प्रयोगात्मक परीक्षामा असफल हुन्छन् । असफल परीक्षार्थीहरु तीन महिनापछि फेरि नयाँ फाराम भरी नयाँ परीक्षार्थीका रुपमा सहभागी हुने भएकाले पुराना दर्ता नम्बरहरु रिक्त हुँदै जान्छन् । 

पीडित सेवाग्राहीहरूका अनुसार, वासुदेवले बिचौलियाहरुले ल्याएका महिनौंसम्म नपर्खिकन तत्काल परीक्षामा सामेल हुन चाहने परीक्षार्थीहरुलाई पुराना दर्ता नम्बरमा सच्याएर उनीहरुका नाम लेखी एकदुई दिनमै परीक्षामा सहभागि गराउने गरेका छन् ।

यसरी नपर्खीकन तत्कालै परीक्षामा सामेल गराएवापत वासुदेवलगायतको कर्मचारी समूहले प्रति परीक्षार्थी ५ हजार रुपैयाँ लिन्छन् । ठुले भरेङस्थित यातायात कार्यालयमा मोटरसाइलको सवारी चालक अनुमति पत्रको हरेक परीक्षामा दैनिक १० जना नपर्खीकन तुरुन्त सामेल हुने परीक्षार्थी हुने गरेका समाचार श्रोतको दाबी छ ।

वासुदेवको मात्र पहुँच हुने पुराना परीक्षार्थीहरुको दर्ता नम्बरमा उनले नया“ परीक्षार्थीको नाम, ठेगान, लिंग लगायत सबै सच्याउने गर्दछन् । यसअघि कम्प्युटर अधिकृतकै रुपमा भन्सार, कर कार्यालयहरुमा बसिसकेका वासुदेवको कमाईका बारेमा थाहापाउनेहरुले जिब्रो टोक्ने गरेका छन् । तर यता  सरकार र अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग भने  भ्रष्टाचारमा शून्य सहनशीलताको नारा अलापेर बसिरहेको छ ।