🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यी हुन् दल बदलु म्यानपावर व्यावसायी 

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूका पनि राजनीतिक दलपिच्छे संगठन छन् । नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघ र एमाले निकट प्रगतिशील रोजगार व्यवसायी छन् । एमाले निकट व्यावसायीका रुपमा लामो समयदेखि क्रियाशील वैदेशिक रोजगार व्यावसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङ केही दिनअघि नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनी कांग्रेस प्रवेश गर्नुअघि नेपाली कांग्रेस निकट वैदेशिक रोजगार व्यवसाय संघका पूर्वअध्यक्ष हंसराज वाग्ले एमालेको माधव–झलनाथ समूहमा प्रवेश गरेका थिए ।

वाग्लेको एमाले माधव–झलनाथ समूहमा प्रवेश पछि तामाङले एमाले त्याग गर्दै कांग्रेसमा प्रवेश गरेका हुन् । एमाले विभाजनउन्मुख भएपछि निराश भएका तामाङ अकस्मात कांग्रेसमा प्रवेश गरेपछि वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङले सल्लाह नगरी किन यस्तो निर्णय ग¥यौं भनि फेसबुकमा लेखेका थिए । 

तामाङ एमालेका युवा नेता योगेश भट्टराईनिकट व्यवसायी हुन् । हंसराज वाग्ले र बलबहादुर तामाङबीच द्वन्द्व हुने गरेको छ । वाग्लेको एमाले प्रवेशपछि तामाङले कांग्रेस रोजेका छन् । एमालेको विभाजनले व्यवसायीहरू पलायन हुने क्रम बलबहादुर तामाङ सुरु भएको छ । पत्रकार महासंघमा एमाले निकट चौतारीको पराजयपछि पेशागत संघ संगठनहरू पनि एमालेको वर्चश्व कम हुने संकेत देखिएको छ । वैदेशिक रोजगार व्यवसायी संघ जस्ता संगठनहरूमा अब एमालेको प्रभुत्व अन्त्य हुने देखिएको छ ।