🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सङकटकाल घोषणा गर्ने निर्णय फिर्ता गर : राष्ट्रसंघ महासचिव

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, २४  माघ (रासस/एएफ्पी) : संयुक्त राष्ट्रसंघले मालदिभ्समा जारी गरिएको सङ्कटकाल घोषणालाई फिर्ता गरी सम्पूर्ण नागरिकको सुरक्षाको प्रत्याभूत गर्न मालदिभ्स सरकारसँग माघ २३ गते आग्रह गरेको छ । 

राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले मालदिभ्सको सङ्कटकाल समस्याको समाधान होइन भन्दै मालदिभ्समा विकसित पछिल्लोस्थितिले राष्ट्रसंघको ध्यानाकर्षण गरेको छ । गुटेर्रेसले  देशको सर्वोच्च अदालतबाट सुरक्षाकर्मी हटाउन पनि आग्रह गरेका छन् । 

सम्पूर्ण नागरिकको सुरक्षालाई प्रत्याभूत गर्नु र पक्राउ परेका प्रधान न्यायाधीशको रिहाई गर्नु कानूनी शासनको सम्मान गर्नु हो, राष्ट्रसंघका महासचिवले भनेका छन्  । 

मालदिभ्सको राजधानी मालेमा प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता र त्यहाँको राष्ट्रपतिका कामप्रति असन्तुष्ट सर्वसाधारणले नेतृत्व परिवर्तनका लागि गर्दै आएको आन्दोलनलाई माघ २२ गते सोमबार पनि निरन्तरता दिएपछि सरकारले स्थितिलाई नियन्त्रणबाहिर जान नदिन सङ्कटकालको घोषणा गरेको हो । 

राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गयूमको राजिनामा माग गर्दै जारी प्रदर्शनबाट हुनसक्ने सम्भावित दुर्घटना जोगाउन भन्दै शहरका मुख्यमुख्य भूभाग, संसद तथा सर्वोच्च अदालतमा ठूलो सङ्ख्यामा प्रहरी तथा सेनालाई तैनाथ गरिएको छ । 

प्रदर्शनकारी तथा प्रतिपक्षी दलले राष्ट्रप्रमुखको सर्वोच्च पदमा रहेका राष्ट्रपति यमिनले पुनरावेदन अदालतको आदेशलाई नमानेको भन्दै सत्तामा वसिरहन अयोग्य भन्दै प्रदर्शनलाई क्रमशः कडा बनाउदै लगेपछि सरकारले व्यापक सुरक्षाकर्मीलाई परिचालित गरेको थियो । आन्दोलनकारीले सरकारको दमनलाई तोड्दै प्रदर्शनमा सरीक भएपछि अन्ततः सोमबार सङ्कटकालको घोषणा गरेको हो । 
–––