🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महाकाली लोकमार्गलाई राष्ट्रिय गौरवको योजनामा राख्न माग

दार्चुला, ५ वैशाख (रासस) : नेपाल सरकारका तीन मन्त्रीले महाकाली लोकमार्ग दार्चुला तिङ्कर सडक योजनाको भौतिक प्रगति तथा सडकको अवस्थाबारे निरीक्षण गर्नुभएको छ । निकट भविष्यमा नेपाली सेनाले शुरु गर्न लागेको महाकाली लोकमार्ग दार्चुला तिङ्कर सडक योजनाको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गर्नुभएको छ । 

    नेपाली सेनाको हेलिकप्टरमार्फत उहाँहरुले निर्माण हुने सडकको निरीक्षण गर्नुभएको हो । टोलीमा भौतिक योजना तथा पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नासहितको टोली रहेको थियो । सडकको निरीक्षणपछि मन्त्रीले सदरमुकाम खलङ्गामा सडकको भौतिक प्रगतिको अवस्था र कठिनाइका बारेमा जिल्लास्थित सरोकारवाला निकायसँग अन्तक्र्रिया गर्नुभएको छ । 

    अन्तक्र्रिया कार्यक्रममा दार्चुलाबाट निर्वाचित सांसद एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले निर्माणाधीन महाकाली लोकमार्गको दार्चुला तिङ्कर सडकलाई राष्ट्रिय गौरवको योजनाका रुपमा अघि बढाउन माग गर्नुभएको छ । उहाँले भन्नुभयो, “यो सडक निकै रणनीतिक महत्वको सडक हो । सामरिक महत्व, कैलाश मानसरोवर जोड्ने धार्मिक मार्ग, चीन र भारतसँग व्यापार गर्न सकिने व्यापारिक मार्गका रुपमा यो सडक बनिरहेको छ ।” 

    व्यासको तिङ्करबाट सबैभन्दा छोटो मार्गका रुपमा कैलाश दर्शन गर्न सकिने भएकाले यो सडकलाई राष्ट्रिय गौरवको योजनाका रुपमा अघि बढाउन माग गर्दछु, उहाँले भन्नुभयो । “मैले मन्त्रालयको तर्फबाट र जिल्लाको जनप्रतिनिधिको हिसाबले गौरवको योजनामा राख्न पहल गर्छु”, उहाँले भन्नुभयो । 

    कार्यक्रममा दार्चुलाका जनप्रतिनिधिले तिङ्कर सडक निर्माणलाई विशेष प्राथमिकता दिन माग गर्नुभएको छ । महाकाली करिडोरमा जोडिएपछि तिङ्कर सडक ओझेलमा परेको छ, महाकाली नगरपालिका नगर प्रमुख हंशराज भट्टले भन्नुभयो, “सकेसम्म तिङ्कर सडकलाई अलग्गै बनाउँदा चाँडो बन्ने थियो ।”

भौतिक योजना तथा पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङले निर्माणाधीन महाकाली लोकमार्गको दार्चुला तिङ्कर सडकलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत आर्थिक वर्षबाट केपी शर्मा ओली नेतृत्वको सरकारले प्राथमिकताका साथ अघि बढाएको छ । यो सडकलाई आगामी बजेटमा विशेष प्राथमिकताका साथ अघि बढाउने मन्त्री नेम्वाङको दाबी छ ।” 

    आव २०६५÷६६ सालदेखि निर्माण शुरु गरिएको दार्चुला–तिङ्कर सडक निर्माणले १२ वर्ष पुग्दा पनि लक्ष्यअनुसार काम गर्न सकेको छैन । खलङ्गालाई जिरो प्वाइन्ट मानेर शुरु भएको यो सडकको कूल लम्बाइ १३४ किलोमिटर रहेको छ । अहिलेसम्म ४३ किमी सडकको मात्रै ट्र्याक खुला गरिएको छ भने ४० किमी सडकमा अस्थायीरुपमा गाडी चल्ने गर्छ । पछिल्लो समय यही सडकलाई महाकाली लोकमार्ग दार्चुला तिङ्कर सडक नामकरण गरिएको छ ।

    कञ्चनपुरको ब्रह्वदेव, डडेल्धुरा, बैतडी हुँदै दार्चुला जोड्ने गरी यो सडक निर्माण गर्न लागिएको हो । यसको कूल लम्बाइ ४२५ किमी छ । यसमा अहिलेसम्म १५८ किमी सडकको ट्र्याक खुला गरिएको महाकाली लोकमार्ग दार्चुला तिङ्कर सडक योजनाका सब–इञ्जिनीयर मुकेश मल्लले बताउनुभयो ।

    गत वर्ष दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाको पहल तथा नेपाल सरकारको निर्णयानुसार दार्चुला–तिङ्कर सडकको ८७ किमी सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

अहिले सडक निर्माणका लागि नेपाली सेनाको निर्माण कार्यदल व्यास गाउँपालिकाको सुनसेरा र दुम्लीङमा क्याम्प राखेर बसेको छ । यो निर्माण दलले आगामी आर्थिक वर्षबाट निर्माण कार्य अघि बढाउने तयारी थालेको छ । हवाई निरीक्षणपछि मन्त्रीको टोली आजै काठमाडौँ फर्किएको छ ।
–––