🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महाराष्ट्रमा कोरोना बढ्यो, लकडाउनपछि कर्फ्यू

काठमाडौं । भारतको महाराष्ट्रमा लकडाउन घोषणा गरिएकोमा त्यसले नपुगेर कर्फ्यू जारी गरिएको छ । 

कोभिड–१९ को संक्रमण ग्राफ उकालो लागेपछि त्यसलाई न्यूनीकरण गर्ने हेतुले त्यहाँ सोमबारदेखि लकडाउन र कर्फ्यूको घोषणा गरिएको हो । 
 

तर कर्फ्यू दिनमा नभएर रातको समयमा मात्र लगाइनेछ । त्यसैगरी लकडाउन पनि सप्ताहन्तका बेला मात्र हुनेछ । 

भारतमा कोरोनाको अर्को लहर सुरु भएको छ । आइतबार मात्र त्यहाँ एकैदिन ९३,२४९ जनामा संक्रमण पुष्टि भएको थियो । जसको आधाभन्दा बढी संख्या महाराष्ट्र राज्यको छ । 
 

स्वास्थ्य मापदण्ड पालनामा आममानिसले बेवास्ता गरेकाले कोरोना बढेको महाराष्ट्र राज्यले बताएको छ । यसका मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधन गर्दै केही मानिसहरूले सुरक्षाका उपायहरू नअपनाएको र मास्क लगाउन छाडेका कारण खोप लगाएपछि पनि संक्रमण ह्वात्तै बढेको जिकिर गरे । 

महाराट्रमा कोरोना ह्वात्तै फैलिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसको कारण पत्ता लगाउन निर्देशन दिएका छन् । लगत्तै एउटा विशेष टोली त्यसतर्फ जान लागेको छ ।