🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतीय विदेश मन्त्री स्वराज आउँदै, काँग्रेस सरकारलाई लाग्यो झड्का

काठमाडौं । भारतीय विदेश मन्त्री सुष्मा स्वराज आज दिउँसो ३ः३० बजे विशेष विमानमा काठमाडौं उत्रदैछिन् ।

उनको साथमा नवनियुक्त विदेशसचिव विजय गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत उच्चस्तरीय टोली हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर स्वराज नेपाल आउन लागेकी हुन् ।

बाम गठबन्धनको बहुमत भएपछि सरकार बनाउने निश्चित भएपछि भारतले नयाँ र स्थायी सम्बन्ध स्थापित गर्न चाहन्छ ।

भारतले विकासका लागि गर्न सकिने सहयोग के हुन सक्छन् भनी बाम गठबन्धनलाई सहयोग गर्न तयार देखिएको छ ।

यसले गर्दा अहिलेको काँग्रेस नेतृत्वको काम चलाउ सरकारलाई टाउको दुखाइ भएको छ ।

भारतले यसपटक शेरबहादुर देउवा नेतृत्वको सरकारलाई खासै वास्ता नगरेपछि काँग्रेसी नेताहरु छट्पटाएका छन् ।

जनताले नै मतदानमार्फत कार्वाही गरेपछि रन्थनिएको काँग्रेस छिमेकी राष्ट्रले नयाँ सरकारलाई दिन थालेको सहयोगप्रति झनै तनावमा परेको छ ।

दुई दिने नेपाल भ्रमणका क्रममा स्वराजले मुख्य राजनीतिक दलका नेताहरुसंग भेटघाट गर्ने कार्यक्रम छ ।

उनलाई आज साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोज दिने कार्यक्रम रहेको छ ।

स्वराजले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट्ने कार्यक्रम छ ।

स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधेसी दलका नेताहरु लगायतसंग पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।