🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् । 

निर्वाचन तयारीबारे बुझ्न प्रधानमन्त्री ओली अहिले बिहान ११ बजे आयोग जान लागेको उनको सचिवालयले जनाएको छ । 

त्यस्तै, नेकपाका दुई पक्षबीचको विवाद, निर्वाचन चिह्नलगायत विषयमा पनि छलफल हुने बताइएको छ । 
 

सरकारले आगामी वैशाख १७ र २७ मा गर्ने गरी मध्यावधि निर्वाचन घोषणा गरेको छ । संसद् विघटनबारे सर्वोच्चमा परेको मुद्दाको किनारा लाग्न बाँकी रहेकाले आयोग पूर्ण रूपमा निर्वाचनमा होमिने अवस्था अझै बनेको छैन । यद्यपि, आयोगले निर्वाचनमा होमिइसकेको जनाएको छ । 

त्यस्तै, नेकपामा कुन समूह आधिकारिक भन्ने विवाद पनि निमटारा लाग्न सकेको छैन । दुवै समूह केपी ओली र प्रचण्ड–माधव नेपाल समूहले आफूलाई आधिकारिकता दाबी गर्दै आएका छन् । प्रथम अध्यक्ष र महासचिव आफूतिर रहेकाले आफ्नो समूह आधिकारिक भएको ओली समूहको दाबी छ ।