🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शहीद सम्मानका लागि छुट्टै नीति तर्जुमा गरिने

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शहीद सम्मानका लागि छुट्टै नीति तर्जुमा गरिने जानकारी दिनुभएको छ ।  शहीद दिवसका उपलक्ष्यमा शहीद स्मारक विकास समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शहीदका सपना साकार पार्न प्रमुख दलले नै आपसी वादविवाद होइन, जनता र राष्ट्रप्रति जवाफदेही हुनुपर्ने अवस्था आएको बताउनभुयो । 

कार्यक्रममा वाग्मती प्रदेशसभाका कांग्रेस प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले  शहीदले गरेको त्यागलाई उच्च सम्मान गर्नुपर्छ भन्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, समितिका उपाध्यक्ष रामेश्वर रानाले सत्ता राजनीतिको होडबाजीलाई त्यागेर विकासप्रति एकजुट हुन आग्रह गर्नुभयो । उपमहानगरपालिका–११ स्थित थानाभ¥याङबाट निस्केको ¥यालीले शहीद स्मारक पुगी शहीदप्रति भावपूर्ण  श्रद्धाञ्जलि अर्पण गरेको थियो । 

स्मारकमा श्रद्धाञ्जलि अर्पण

शहीद दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका–११ नवलपुरस्थित अमर शहीद स्मारकमा आज  पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, मुख्यमन्त्री  पौडेल, मन्त्रीहरु क्रमशः विभिन्न दलहका नेता एवं सुरक्षा निकायका उच्च पदस्थ अधिकृतले अमर शहीदको स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । सोही अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो ।