🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्कुल बससँग मोटरसाइकल ठोक्किँदा वृद्धको मृत्यु

दमक । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे१क १४१ स्कुल बससँग ठोक्किँदा मे९प ५५६६ नंको मोटरसाइकलमा सवार राजवंशीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

    ठक्करबाट सख्त घाइते हुनुभएका राजवंशीको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलका चालक गौरीगञ्ज गाउँपालिका–३ का २८ वर्षीय दिनेश्वर राजवंशीको बायाँ खुट्टा भाँच्चिएको छ । हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनामा संलग्न बस र कन्काइ नगरपालिका–३ बस्ने अन्दाजी ४८ वर्षीय बस चालक तिलक बुढाथोकीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो ।