🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ग्याँस कालोबजारी गरेको अभियोगमा १ जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका-१४ मलाहा रोडमा फोटोकपी तथा ग्याँस पसल संचालन गर्ने मनिष यादवलाई ग्याँस कालोबजारी गरेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यादवले एउटा ग्याँस सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्याँसको तौल कम गरी बिक्री गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यादवको पसलबाट ११ थान ठुलो ग्याँस सिलिण्डर, २ थान सानो ग्याँस सिलिण्डर, १ थान तौल मेसिन, २ थान रेगुलेटर, १ थान एयर लिंक गर्ने पाईप समेत प्रहरीले बरामद गरेको छ ।

यादव उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।