🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कलेजो स्वस्थ राख्न यी भोजन खाऔं 

कलेजोमा समस्या भएमा पुरै शरीरलाई नै असर गर्दछ । कलेजो शरीरको महत्वपूर्ण अंगहरूमध्ये एक हो । त्यसैकारण पनि कलेजो स्वस्थ  र मजबुत भएमा पूरा शरीर स्वस्थ रहन्छ । जानौं केही भोजनहरू जसले कलेजो स्वस्थ राख्न मद्दत गर्दछ ।

चुकन्दर (बिट रुट) : चुकन्दरमा मिनरल्स, एन्टीअक्सिडेन्ट तथा भिटामिनको मात्रा प्रशस्त रहन्छ । यसले पित्तलाई स्वस्थ बनाई शररीबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत गर्दछ । चुकन्दरलाई सलाद अथवा जुसको रुपमा खान सकिन्छ । 

गाजर : कलेजोको समस्याबाट राहत पाउन गाजर एकदमै फलदायी भोजन हो । यसमा भिटामिन ए लगायतका तत्वहरू रहन्छ । यसमा एन्टीअक्सिडेन्ट पनि रहन्छ । गाजरको सेवनले कलेजोमा  संक्रमण हुनबाट बचाउँदछ । यसमा हुने बिटा क्यारोटिन तत्वले कलेजोको कार्यक्षमतालाई पनि राम्रो बनाउँदछ । 

लसुनको केस्रा : लसुनको एक केस्रा दैनिक खाने हो भने पेट र आन्तरिक पाचन प्रणाली राम्रो बनाउँदछ । यसले कलेजोमा हुने विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्दछ । यसका साथसाथै लसुनमा हुने एन्टीबायोटिक तथा एन्टीअक्सिडेन्ट गुणले कलेजो मजबुत र सफा बनाउन मद्दत गर्दछ । 

पालुड्डोको साग र कागती : कलेजो सफा राख्न पालु¨ोको साग पनि उत्तिकै फाइदाजनक छ । यो कलेजोका साथसाथै आँखाको लागि समेत फाइदाजनक छ । यसमा भिटामिन ए तथा ग्लुटेथिओल नामक एन्टीअक्सिडेन्ट हुने गर्दछ । कागतीसँग यसको प्रयोग गर्ने हो भने विषाक्त पदार्थलाई शरीरबाट बाहिर फाल्न मद्दत गर्दछ ।