🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ओलाङचुङगोला पुगेर प्राज्ञ राईले ल्याए वालुङ लोकभाका

 
काठमाडाैं ।  नेपाल विविध जाति, भाषाभाषी र संस्कृतिले सम्पन्न मुलुक हो । आदिमकालदेखि यहाँ बसोबास गर्दै आएका विविध आदिबासी जनजातिका विविध परम्परागत लोकसंस्कृति तथा लोकगीतहरू देशको अमूल्य सांस्कृतिक सम्पदाका रुपमा रहेका छन् । यसै मध्ये एक हो– ओलाङचुङगोलाका बासिन्दा वालुङ जातिमा प्रचलित परम्परागत लोकभाका । 

 उक्त लोकभाका प्रदेश नम्बर एक, ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलामा यद्यपि प्रचलित छ । भौगोलिक रुपमा अत्यन्त विकट रहेको उक्त गाउँमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राई केही दिनअघि स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गरेका छन् ।

नेपालको रैथाने संस्कृति तथा लोकभाका वालुङ लोकभाकाको स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गरी राजधानी फर्केका प्रख्यात सङ्गीतकार तथा सङ्गीत संयोजक प्राज्ञ राईले ओलाङचुङगोलामा बसोबास गर्दै आएको वालुङ जातिमा  प्रचलित वालुङ लोकभाकाको सङ्कलन उक्त भाकाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले गरिएको बताए । 

 उनले भने– ‘वालुङका संस्कार, संस्कृतिसमेत समेटेर  लोकभाकाको बृत्तचित्रसमेत बनाउने योजना छ । वालुङ जातिमा घर सर्ने, विवाह संस्कार र भेटघाट रमाइलो गर्ने संस्कारसँग सम्बन्धित फरक फरक लोकसङ्गीत तथा लोकभाका प्रचलनमा रहेको तर हाल विविध कारण लोपोन्मुख अवस्था पुगेको पाइयो ।’

प्राज्ञ राईलाई अध्ययन, अनुसन्धान र सङ्कलनका लागि स्थानीय लोचक लामा रइतले सहजीकरण गरेका थिए भने स्थानीय याङमाक नुपुले लोकभाकाहरू सङ्कलन गर्न सहयोग गरेका थिए ।