🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यूएईस्थित नेपाली दूतावासमा खुलेआम घुस

काठमाडौं । नेपाली राजदूतावास अबुधाबीका कर्मचारीले खुलेआम घुस बार्गेनिङ गर्ने गरेको गुनासो सेवाग्राहीले गरेका छन् । 

अबुधाबीस्थित नेपाली राजदूतावासबाट प्रवाह हुने कामदारको मागपत्र प्रमाणीकरणलगायतका काममा दूतावासका तृत्तीय सचिव रामविनय यादवले हाकाहाकी घुस खाने गरेको एक सेवाग्राहीले बताए । 

तृत्तीय सचिव यादवले सेवाग्राहीसँग घुस उठाउन कार्यालय सहयोगी पुस्कल लामालाई परिचालन गर्ने गरेका छन् । लामाले उठाएको घुस रकम यादवलगायतका कर्मचारीले बाँडेर लिने गरेको स्रोत बताउँछ । 

देशभित्र रोजगारी नपाएर विदेशी भूमिमा कठिन श्रम गर्न बाध्य नेपालीसँग कर्मचारीले नाजायज फाइदा उठाइरहेको बारे सेवाग्राहीले स्वयं राजदूतसँग गुनासो गर्दै आइरहेका छन् । आफूहरूको गुनासोपछि पनि राजदूत र दूतावासले भ्रष्ट कर्मचारीको गतिविधि हेरेर बसिरहेको एक सेवाग्राहीले बताए ।

यसबारे राष्ट्रिय सकर्तकता केन्द्रमा पनि नेपालीहरूले उजुरी गरेका छन् । उजुरीपछि विदेशस्थित दूतावासबाट प्रदान गरिने सेवालाई सरल, पारदर्शी, प्रभावकारी, सेवाग्राहीमैत्री बनाइ अन्तर्राष्ट्रियस्तरमा नेपालको गरिमा अभिवृद्धि गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको केन्द्रले जनाएको छ ।