🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु

 वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ९१ हजार पुगेको उल्लेख छ । 

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोनाभाइरसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेको थियो । 

आइतबार अपराह्नसम्मको विवरण अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ६४ लाख पुगिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या १२ लाख नाघेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार अझै पनि करिब ८५ हजार व्यक्तिको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ । तीन करोड ३५ लाख संक्रमणमुक्त भइसकेको जनाउँदै संगठनले एक करोड १६ लाख व्यक्तिमा सामान्य किसिमको संक्रमण देखिएको छ ।