मोरङ, २०७७ कात्तिक ४ गते। रतुवामाई नगरपालिका-७ जामबाडीस्थित टहरोमा तास खेलिरहेको अवस्थामा नगद १४ हजार २ सय ७० रुपैयाँ, मलेसियन रिङ्गेट ६ सय र १२ बुक तास सहित १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका-७ बस्ने ३४ वर्षीय गोपाल कटुबाल, ४३ वर्षीय गणेश कार्की, ३६ वर्षीय दिनेश बस्नेत, ४५ वर्षीय नरेन्द्र रिजाल, २५ वर्षीय गणेश गौतम, ३९ वर्षीय नन्दराज फुयाल, ४२ वर्षीय फणिन्द्र बुढाथोकी, ४५ वर्षीय झंकराज कोइराला, ३८ वर्षीय रामभक्त भट्टराई, ४० वर्षीय सन्तोष रिजाल, ३० वर्षीय राम कार्की र ३२ वर्षीय मनोज उप्रेती रहेका छन् । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुले प्रयोग गरेको को.३२ प ५१९२, को.३५ प ६१८६ र को.२२ प ९३७९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर जुवा ऐन अन्तर्गत आवश्यक कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



