🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मानव अधिकार रक्षा तथा अपराध नियन्त्रणमा  प्रहरी सफल

विराटनगर । प्रदेश प्रहरी कार्यालय प्रदेश नं १ रानी विराटनगरमा ६५औँ प्रहरी दिवसको अवसरमा इलाम वसन्तपुरकी प्रहरी जवान सविना खत्री सर्वोत्कृष्ट प्रहरीको रुपमा आज पुरस्कृत हुनुभएको छ ।

    उहाँलाई साधना देवी श्रेष्ठको नाममा स्थापित अक्षय कोषबाट  रु एक लाख राशीको पुरस्कार कोषका संस्थापक विक्रम श्रेष्ठले प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी परिवारका  एसइई परीक्षामा उत्कृष्ट हुने ३६ जना छात्रछात्रालाई जनही रु १० हजारका दरले पुरस्कार प्रदान गर्नुका साथै प्रदेश प्रहरी कार्यालय व्यवस्थापनमा उत्कृष्टता हासिल गर्ने प्रहरी जवान एवं अधिकृतलाई पनि पुरस्कृत गरियो ।

    सो अवसरमा मुख्यमन्त्री शेरधन राईले गौरवपूर्ण इतिहास बनाएको नेपाल प्रहरीले मानवअधिकार रक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले आफ्नो पहिचान र परिचय झल्काउन सक्ने नेपाल प्रहरीले सीमित साधन स्रोतको बाबजुद पनि समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सफल भएको बताउँदै राष्ट्रको साझा आँकाक्षा पूरा गराउन प्रहरी सङ्गठन सदैव क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो । 

    आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी संगठन इमान्दार र अनुशासित ढङ्गले परिचालन हुनुपर्ने भन्दै प्रहरी सङ्गठनलाई सक्षम एवं दक्ष बनाउन प्रदेश सरकार गम्भीर छ भन्नुभयो ।