हेटौँडा । राखेप च्याम्पियतशिप अन्तर्गत हेटौमा पुस २७ गते देखि सुरु भएको १३ औं राष्ट्रिय महिला तथा पुरुष कुस्तीमा राष्ट्रिय महिला तथा पुरुष कुस्तीमा दुई स्वर्ण पदको टुंगो लागेको छ । १६ वटा स्वर्ण पदका लागिभएको प्रतियोगितामा ६९ केजीमा झापाकी सदीक्षा राई र ४५ केजी मा सुनसरीकी आशा कुमारी खत्वेले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।
उनीहरुले आफ्नो तौल समूहमा अन्य खेलाडी नभए पछि स्वर्ण पदक पाएका निर्णायक विद्यासागर पोखरेलले जानकारी दिए । अन्य तौल समूहको पुस २७ गते पहिलो चरणका खेलहरु सम्पन्न भएका छन । दोस्रो चरण तथा फाईनल पुस २७ मा खेल हुनेछ । मकवानपुरमा पहिलो पटक भएको कुस्तीमा १९ जिल्ला र नेपाली सेना र नेपाल प्रहरीवाट १७ जना महिला र ४५ जना पुरुष खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन हेटौडा उपमहानगरपालिकाका प्रमुख हरि वहादुर महतले गरेका थिए । नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणाको अध्यक्षतामा कार्यक्रममा जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिना तथा कुस्ती संघका सदस्य सुजन खतिवडाले मन्तव्य राखेका थिए ।
समाचार तथा फोटो खबर ब्रेकबाट



