🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मंसिरमा हुने भयाे महासंघको ५४ औँ वार्षिक साधारणसभा

काठमाडौँ, १६ असोज (रासस) : नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गते काठमाडौँमा आयोजना गरिने भएको छ ।  निर्धारित कार्यक्रम अनुसार  गत चैत्रमा हुनुपर्ने साधारणसभा कोभिड–१९ का कारणले तीन तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।

 
महासंघको असाेज १५ गते बसेको कार्यकारिणी समितिको बैठकले वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो । “कार्यसमितिको बैठकले महासंघको साधारणसभा तथा निर्वाचन आगामी २०७७ मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ”, महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भन्नुुभयो  । 

यस अघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । उक्त कार्यदलले महासंघको साधारणसभा श्रव्य दृश्य माध्यमबाट र निर्वाचनका कार्यक्रमहरु काठमाडौमा गर्नका लागि सिफारिस गरेको थियो । 

त्यसपछि बसेको पदाधिकारीको बैठकले मंसिर ११ र १२ लाई साधारणसभा तथा निर्वाचनको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेकोले अवस्था छ । 

सरकारबाट अनुमती लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पुरा गर्ने र अब उपरान्त कोभिड १९ का कारण कुनै स्थानीय तहले लकडाउन तथा निषेधाज्ञा गरेमा महासंघका प्रतिनिधिलाई आवातजावतमा सहजीकरण गर्ने समेतको स्वीकृति रहेको छ । 

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन गत चैत्र २८ र २९ गते तोकिएकोमा उक्त समयमा नेपाल सरकारद्वारा कोभिड–१९ का कारणले देश पूर्ण रुपमा लकडाउन भई उक्त साधारणसभा तथा निर्वाचन कार्यक्रम अवरुद्ध भएको थियो । पछि गत जेष्ठ ७ र ८ गते र गत साउन २६ र २७ गतेका लागि मिति तोकिएको थियो । तर देशमा जारी लकडाउन तथा निषेधाज्ञाले साधारणसभा हुन सकेको थिएन ।