🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अवरुद्ध बेनी–बागलुङ सडक मर्मतपछि सञ्चालन

गलेश्वर । तीन महिनादेखि अवरुद्ध बेनी–बागलुङ सडक मर्मतपछि सञ्चालनमा आएको छ । 

गत असारदेखि विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको सडक मर्मतपछि सोमबारदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडकखण्डको तल्ली बान्द्रे, बागलुङ र म्याग्दीको सिमानामा पर्ने ढोडेनी खोला, रत्नेचौरको रानीबन लगायतका ठाउँमा पहिरो आएपछि गत असार महिनादेखि नै सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि कुनै पनि यातायातका साधनहरु सञ्चालन हुन सकेका थिएनन् । सडक डिभिजन कार्यालयले मानिस  र मेसिनको प्रयोग गरी पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालन गरेको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिए । 

यसअघि सडक तीन महिनासम्म अवरुद्ध हुँदासमेत मर्मतका लागि सडक डिभिजन कार्यालयले चासो नदेखाएको भन्दै सडक प्रयोग गर्ने म्याग्दी र बागलुङका उपभोक्ताहरुले डिभिजन कार्यालयमा धर्नासहित ध्यानाकर्षण पत्र बुझाएका थिए ।

बेनी–मालढुङ्गा सडकको विकल्पका रूपमा रहेको बेनी–बागलुङ सडक अवरुद्ध हुँदा बेनपा–१ रत्नेचौर र वडा नं २ ज्यामरुककोटका साथै बेनी र बागलुङ आवतजावत गर्ने सयौँ यात्रु समस्यामा परेका थिए । सडक अवरुद्ध हुँदा स्थानीयले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई बजार ल्याउन समस्या भएको थियो ।