🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

क्यान बोर्ड बैठकका लागि  पदाधिकारी तथा सदस्य चितवनमा

भरतपुर, ६ असोज (रासस) : नेपाल क्रिकेट सङ्घ (क्यान) को नियमित बैठक आज चितवनको भरतपुरमा बस्दै छ । लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । आज बिहान १० बजे भरतपुर गार्डेन रिसोर्टमा बैठक बस्ने कार्यक्रम तय भएको सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । बैठकका लागि देशका विभिन्न जिल्लाबाट पदाधिकारी तथा सदस्य चितवन आइसकेका छन् ।

क्रिकेटको भावी योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको चन्दले बताउनुभयो । देशभरका पदाधिकारीलाई भाग लिन सहज होस् भनेर चितवनमा राखिएको उहाँले जानकारी दिनुभयो । उन्नाइस जना सदस्य रहेको बोर्डमा धेरै काठमाडौँ बाहिरका छन् ।

बैठकमा सन् २०२० का लागि खेलाडीसित गरिने सम्झौताका विषयमा छलफल हुनेछ । यस्तै विगत र वर्तमानको समीक्षा गर्दै खेलाडीको प्रशिक्षण, राष्ट्रिय प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने सहभागिताका विषयमा पनि छलफल हुने चन्दले बताउनुभयो ।

आर्थिक गतिविधि अनुमोदन गर्ने तथा क्यानले भविष्यमा अपनाउने रणनीतिका विषयमा समेत छलफल हुने अधयक्ष चन्दले बताउनुभयो । क्यानले असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना बनाएको छ ।

यसअघि कोरोना भाइरसको महामारीका कारण क्यानको बोर्ड बैठक गर्नेबारे अन्योल भएको थियो । कोरोना कहरपछि क्यानको यसरी बैठक बस्न सकेको थिएन । हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् ।
–––