काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सञ्चार गृहमा समेत पस्न थालेको छ ।
यही क्रममा देशकै प्रतिष्ठित नम्बर १ डिजिटल पत्रिका अनलाइनखबर डटकमका पत्रकार कोरोनाबाट संक्रमित भएका छन् ।
स्रोतका अनुसार, त्यहाँ कार्यरत झण्डै १ दर्जन पत्रकारमा कोरोना भएको छ ।
संक्रमित हुनेमा न्युज डेस्कमा कार्यरतदेखि रिपोर्टिङमा खटिनेसम्म छन् ।
तर अनलाइनखबरले भने आफ्नो संस्थामा कार्यरत १ जना पत्रकारमा मात्र कोरोना भएको र बाँकीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाएको छ । अनलाइनखबरमा कार्यरत ८ जना पत्रकारहरू भने आइसाेलेसनमा बसेकाे अनलाइनखबर स्राेतले स्वीकारेकाे छ ।
जिल्लाका विभिन्न स्थानमा पत्रकार संक्रमित बनिरहेका छन् । एउटै सञ्चार गृहभित्र यति धेरै पत्रकार संक्रमित बनेको भने यो पहिलो घटना हो ।
बाहिरिए पौडेल
यसैबीच, अनलाइनखबरमा ५ वर्षदेखि कार्यरत मात्रिका पौडेल कोरोना महामारीकै बीच बाहिरिएका छन् । उनी त्यहाँ डेपुटी इडिटरका रूपमा कार्यरत थिए । कोरोना महामारीको बीचमा कुनै पनि पत्रकारलाई नहटाएको अनलाइनखबरबाट डाइनामिक पत्रकार पौडेल किन बाहिरिए भन्ने खुलेको छैन ।
स्रोतका अनुसार, अनलाइनखबर छाडेलगत्तै पौडेल प्राइम टेलिभिजनमा ज्वाइन भएका छन् ।



